Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दक्षिण कोरियामा एकै दिन ४० हजारभन्दा बढीमा कोरोना संक्रमण

    दक्षिण कोरियामा एकै दिन ४० हजारभन्दा बढीमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 1.9K
    SHARES

    फाइल् तस्विर

    एजेन्सी । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा गएको २४ घन्टायता धेरै देखिएको हो । तर यहाँ एकै दिन पहिले ४ लाखसम्म नागरिकमा कोरोना संक्रमण देखिने गरेकोमा पछिल्ला दिनहरुमा घटेको थियो । तर पछिल्ला केही दिनमा भने पुनः बढ्न थालेको बताइएको छ ।



    दक्षिण कोरियामा संक्रमितको संख्या बढ्दै गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार अहिलेसम्म १ करोड ७५ लाख भन्दा पनि बढी संक्रमित भइसकेका छन् ।अघिल्लो दिन यहाँ ३७ हजार जनामा संक्रमण देखिएकामा २४ घन्टायता आएर त्यसमा केही बृद्धि भएको बताइएको हो ।



    तर संक्रमितमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेका व्यक्ति भने थोरै छन् । यहाँ मृत्यु दर पनि कम रहेको बताइएको छ । हालसम्म कोरियामा कोरोनाबाट २३ हजार ३ सय ६० जनाको ज्यान गइसकेको छ । संक्रमितहरूमा मृत्युदर भने न्यून रहेको अधिकारीहरुले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार