Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • डिजेल र मट्टीतेलकाे मूल्य घट्यो

    डिजेल र मट्टीतेलकाे मूल्य घट्यो

    अनलाइन नेपाल
  • बिहिबार, १५ असोज २०७७
  • 3.4K
    SHARES

    काठमाडौं ।  नेपाल आयल निगमले डिजेल र मट्टीतेलकाे मूल्य घटाएकाे छ । निगमले डिजेल र मट्टीतेल दुवैमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हाे ।

    इन्डियन आयल कर्पोरेसनबाट बिहीबार (१ अक्टोबर २०२०) मा प्राप्त खरिद मूल्यअनुसार निगमको बैठकले राति १२ बजेदेखि लागू हुने गरी डिजेल, मटितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो ।



    नयाँ मूल्यअनुसार डिजेल, मटितेल प्रतिलिटर ८९ रुपैयाँ निर्धारण भएको छ ।



    यस्तै पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । इन्डियन कर्पोरेसनबाट पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खरिद मूल्यमा केही बढेर आए पनि निगमले हाललाई यथावत् राखेको प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्तिमार्फत जनाएका छन् ।

    प्रवक्ता उपाध्यायका अनुसार मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सौलसँग जोडिएको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २८ रुपैयाँ ७५ पैसा र डिजेल ३४ रुपैयाँ ७७ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार