Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सहयोगीलाई कोरोना देखिएपछि ट्रम्प क्वारेन्टिनमा

एजेन्सी। सहयोगी होप हिक्सलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा बसेका छन्।

ट्रम्पकी सहयोगी होप हिक्सलाई कोभिड-१९ पोजेटिभ देखिएपछि ट्रम्प क्वारेन्टिनमा बसेको बिबिसीले जनाएको छ ।

ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए।

ट्रम्पले होपलाई संक्रमण भएको बारे ट्वीटमार्फत् जानकारी गराएका थिए। उनले आफू र प्रथम महिला परीक्षणको नतिजा पर्खिरहेको जनाएका छन्।

उनीहरू दुवै हाल क्वारेन्टिनमा छन्। जसका कारण अक्टोबर १५ का लागि तय भएको दोस्रो डिबेट प्रभावित हुन सक्ने अनुमान गरिएको छ। ट्रम्पले ट्वीट गरे कि होप हिक्स संक्रमित भएपछि उनी र मेलानिया ट्रम्प दुबै अब आफ्नै परीक्षण नतिजाहरूको पर्खाइमा थिए।

ट्रम्प प्रायजसो मास्क लगाउनेलाई बेवास्ता गर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077