Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

के मास्क नलगाएका कारण ट्रम्पलाई कोरोना संक्रमण भएको हो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले ट्वीट गर्दै आफू र श्रीमतीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताएका छन्। यसअघि उनले एकजना निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि क्वारेन्टिनमा बसेको जनाएका थिए।

उनका ३१ वर्षीय सल्लाहकार होप हिक्समा संक्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताएका थिए।

साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन्। ट्रम्प प्रायजसो मास्क लगाउनेलाई बेवास्ता गर्दछन् । केहीले त उनले मास्क नलगाएका कारण कोरोना संक्रमण भएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077