Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एजुकेशन कन्सल्टेन्सीको ठगी धन्दा: विद्यार्थीबाट रकम असुलेर हाइ-प्रोफाइल जिन्दगी बिताउँदै

काठमाडौं।  जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरको डाइनामिक एजुकेशन कम्प्लेक्स प्रालिका सञ्चालक  प्रमोद स्वर्णकार (सोनी) लाई ठगी आरोपमा बिहीबार साँझ पक्राउ गर्‍यो  । अस्ट्रेलियामा आकर्षक रोजगारी दिलाउने भन्दै विराटनगर–३ का मनिस चौधरीसँग ३० लाख रुपैँया ठगेको आरोपमा सोनीलाई पक्राउ गरी अनुसन्धान थालिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का वताउँछन्।

काठमाडौं इन्फोसिस एजुकेशन कन्सल्टेन्सी ग्लोबलको फ्रेन्चआईची लिएर प्रमोदले नेपाली विद्यार्थीबाट अधिक शुल्क असुलेर अस्ट्रेलिया पठाउँदै आएका थिए ।

काठमाडौं इन्फोसिसका संचालक हुन, इक्यानका पूर्व उपाध्यक्ष राजेन्द्र रिजाल । युवायुवतीलाई बिदेश पठाउने नाममा अकुत सम्पति आर्जन गर्ने मनसाय राखेर कन्सल्टेन्सी संचालकहरुले विद्यार्थीहरुलाई ठग्ने मात्र होइन, नक्कली डकुमेन्ट बनाउनेदेखी हुण्डी कारोबार समेत गर्ने गरेको खुलेको छ ।

प्रमोद सोनीले सञ्चालन गरेको डाइनामिक र केआईसी नामक कन्सल्टेन्सीमात्र होइन, अहिले धेरै कन्सल्टेन्सीको धन्दा नै विद्यार्थीलाई प्रलोभन देखाएर ठगिरहेका छन् । कम्पनी शरु गरेको छोटो समयमा हाइ-प्रोफाइल र बिलासिता जीवन बिताउने फिलिप डिसीलगायतका व्यक्तिहरु पनि ठगीमा मुछिएका छन्।

डिसीको पुतलीसडक रहेको राइट पाथ करियर काउन्सिल नामक कन्सल्टेन्सीले बेलायतस्थित हडर्सफिल्ड विश्वविद्यालयमा अध्ययन भिसामा पठाएको तीन दर्जनभन्दा बढी विद्यार्थीको विचल्ली भएको सार्वजनिक भएको छ ।

कन्सल्टेन्सीले फाउन्डेसन कोर्स सजिलो छ, सकेपछि बेलायतमै तीन वर्षको भिसा बढ्छ भन्दै विद्यार्थीहरुलाई झूटो प्रलोभनमा पारी ठगी गर्ने गरेको पाइएको छ । राइट पाथ करिअर काउन्सिलिङमार्फत बेलायत आएर हडर्सफिल्ड विश्वविद्यालयमा अध्ययनरत करिब एक सयमध्ये झन्डै तीन दर्जन विद्यार्थी बिनासर्टिफिकेट फर्कन बाध्य भएका हुन् ।

राइट  पाथमार्फत आएका उक्त विश्वविद्यालयमा अध्ययनरत करिब एक सय विद्यार्थीमध्ये झन्डै तीन दर्जन विद्यार्थी अनुत्तीर्ण भएका कारण नेपाल फर्कनुपर्ने बाध्यतामा छन् । तीन वर्षको भिसा हुने पनि फेल भएर फर्कनुपर्ने अवस्थामा रहेको विद्यार्थीले गुनासो गरेका छन् ।

इक्यानका पुर्व अध्यक्ष विष्णुहरि पाण्डेसँग निकट सम्बन्ध बनाएका फिलिप डिसी राइटपाथ करियर काउन्सिलका अध्यक्ष हुन् । उनी लामो समय बेलायत समेत बसेर आएका व्यक्ति हुन् ।

राइट पाथबाट बेलायत पुगेका विद्यार्थीले बेरोजगारीको समस्यासँगै यतिबेला विश्वविद्यालयले लिनिे परिक्षामा समेत उत्तिर्ण हुन नसकेपछि घर न घाटकी बनेबनेको भन्दै पिडा पोखीरहेका छन् । विश्वविद्यालयले परिक्षालाई कारण देखाउँदै घर फर्कन ताकेता गर्न थालेको एक विद्यार्थीको भनाई छ । फिलिप डीसीले भने विद्यार्थीले भोगेको समस्यालाई आफ्लूे गम्भीर रूपमा लिएको भन्दै आश्वासन दिने गरेका छन् l

विद्यार्थीहरु ठगिने क्रम बढेपछि अपराध महाशाखा, वैदेशिक रोजगार विभाग, सम्पति सुद्धिकरण, राजश्व अनुसन्धान लगायतका निकायले छानविनको तयारी बढाएको स्रोत वताउँछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077