Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीका सल्लाहकार रिमाल र प्रेस सल्लाहकार थापालाई कोरोना पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना पोजेटिभ देखिएको छ ।

रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत कोरोना पुष्टि भएको  जानकारी गराएका छन् ।

उनले ट्विटरमा भनेका छन्– 'हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।'

थापाले फेसबुकमा भनेका छन्– 'हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।'

शुक्रबार दिएको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको थापा स्वयम्ले जानकारी दिए । थापाले आफ्नो सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा २१ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077