Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रदेश-५ काे राजधानी दाङ बनाउने निर्णय व्यावहारिक छैन : राप्रपा

    प्रदेश-५ काे राजधानी दाङ बनाउने निर्णय व्यावहारिक छैन : राप्रपा

    अनलाइन नेपाल
  • शनिबार, १७ असोज २०७७
  • 8K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्रमा प्रस्ताव गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    नेकपा नेतृत्वको सरकारले जनभावनाविपरीत प्रदेश राजधानी सिफारिस गरेको भन्दै राप्रपाले प्रदेश राजधानी बुटवलमै हुनु पर्ने माग राखेको छ।



    राप्रपा जिल्ला अध्यक्ष सागरप्रताप राणाद्वारा जारी विज्ञप्तिमा २०७४ माघ ३ गते राप्रपाका वरिष्ठ नेता तथा तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहोरासहित तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भौतिक पूर्वाधारका हिसाबले सम्पन्न बुुटवललाई प्रदेश अस्थायी मुकाम तोकेको उल्लेख छ।



    बिशेष आर्थिक क्षेत्र (सेज), अन्तर्राष्ट्रिय विमानस्थल, अन्तराष्ट्रिय सीमा नाका, मेडिकल कलेज, विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलगायतका संरचना भएका कारण रुपन्देही प्रदेशको स्थायी राजधानीका लागि उपयुक्त रहेको ठहर गर्दै राप्रपाले प्रदेश राजधानीसम्बन्धी निर्णय नसच्याए यसबाट उत्पन्न परिस्थितिको जवाफदेही स्वयं प्रदेश सरकार हुने चेतावनी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार