Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।

केन्द्रीय समितिको बैठक अघि कांग्रेसले गरेको स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि भए पनि थापालाई भने कुनै लक्षण देखिएको छैन।

स्वास्थ्य सामान्य छ। त्यस्तै नेपाली काँग्रेसका नेता  तथा थापाका ससुरा अर्जुन नरसिंह केसीसहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

काँग्रेस पार्टी कार्यालयका अनुसार केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायत रहेका छन् ।

काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहित १५९ जनाको स्वाब संकलन संकलन गरिएको थियो। ७० जनामा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारको केन्द्रीय समिति बैठक अब अन्योलमा परेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077