Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • राप्रपा भीमदत्त नगरका अध्यक्षसहित १०० कार्यकर्ता नेकपा प्रवेश

    राप्रपा भीमदत्त नगरका अध्यक्षसहित १०० कार्यकर्ता नेकपा प्रवेश

    अनलाइन नेपाल
  • आइतबार, १८ असोज २०७७
  • 3.9K
    SHARES

    कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्त नगरका अध्यक्ष तुलबहादुर थापासहित १०० नेता–कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

    नेकपा प्रवेश गर्नेमा राप्रपाको युवक सङ्गठनका केन्द्रीय सदस्य तेजेन्द्र ऐर, एकीकृत राप्रपाका जिल्ला उपाध्यक्ष मानबहादुर कार्कीलगायत १०० जना छन् ।



    नेकपाको भीमदत्त नगर कमिटीले शनिबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराएको हो ।



    नेकपाका केन्द्रीय सदस्य कञ्चनपुर सहइन्चार्ज लालबहादुर विकले नेता थापासहित उनीहरु  सबैलाई टीका र दोसल्ला ओढाएर पार्टी प्रवेश गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार