Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चिनियाँ दूतावास घेर्न गएका ३४ युवा प्रहरीकाे नियन्त्रणमा

काठमाडौं । चिनियाँ दूतावास घेराउन गर्न गएका ३४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

हुम्लाको लिमिभ्यालीमा चीनले सिमाना मिचेको विरुद्धमा प्रदर्शन गर्दा आफूसहित ३४ जना भन्दा बढीलाई प्रहरीले पक्रेको भट्टले रातोपाटीलाई बताए ।

प्रदर्शनमा सहभागी धेरैजसो नेविसंघमा आवद्ध युवाहरु छन् । ‘स्वतन्त्र नेपाली’को व्यानरमा प्रदर्शन गरेका उनीहरुले चीनको केरुङ नाका तत्काल सुचार गर्न पनि माग गरेका छन् ।

लिमिभ्यालीमा चिनले नेपालतर्फ भवन बनाएको आरोप लगाउँदै उनीहरुले सो भूमि फिर्ता गर्न माग गरेका छन् । सिजर भट्टको नेतृत्वमा युवाहरुले बालुवाटार स्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका थिए

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077