Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • महिलाको हत्या गरी अपराधबाट बच्न नक्कली नागरिकता

    महिलाको हत्या गरी अपराधबाट बच्न नक्कली नागरिकता

    अनलाइन नेपाल
  • मंगलबार, २० असोज २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ । काठमाडाैँमा महिलालाई बन्धक बनाई हत्या गर्ने फरार अभियुक्तलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझीलाइ महाशाखाद्वारा खटिएकाे टाेलीले पक्राउ गरेकाे हाे।

    विनयले २०७६ जेठ ५ गते सिन्धुपाल्चोक कर्थली–३ की ३६ वर्षीय पम्फा श्रेष्ठलाई आफू बस्दै आएको कोठामा बन्धक बनाई हत्या गरेको अनुसन्धानबाट खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले बताए । उनका अनुसार हत्यालगत्तै श्रेष्ठ फरार भएका थिए ।



    विनयले सोमबहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता समेत लिएको खुलेकाले सो सम्बन्धमा समेत अनुसन्धान भइरहेको एसएसपी थापाले बताए ।
    अपराधबाट बच्नको लागि विनयले मकवानपुरबाट नागरिकता लिएको हुनसक्ने आशंका गरिएको छ । यद्यपी विनयले कसरी, कहाँबाट सोम बहादुर राईको नाममा नागरिकता लिए खुल्न सकेको छैन ।



    विनयलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्ती गौरीटोलबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको एसएसपी थापाले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार