Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ

    सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आफ्नै सासुको हत्या गरेको आरोपमा बुहारीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मटीहानी नगरपालिका-७ बस्ने ३५ वर्षीया तेत्री देवी खत्वे रहेकी छिन् ।



    तेत्रीलाई ६० वर्षीया जगतारन देवीको हत्या गरेको अभियोगमा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार जगतारन र तेत्रीबीच घरायसी विवादको कारण झै-झगडा हुँदा तेत्रीले कुटपिट गर्दा जगतारनको मृत्यु भएको हो।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार