Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • उपत्यका बाहिर जाने यात्रुसँग बढी भाडा लिने ५ जना पक्राउ

    उपत्यका बाहिर जाने यात्रुसँग बढी भाडा लिने ५ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० असोज २०७७
  • 2.8K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने ५ जना पक्राउ परेका छन् ।

    चाडपर्वकाे मौका छोपेर बढी भाडा लिएको आरोपमा बिमल खत्री, किरण पौडेल, जितेन्द्र साह, मदन भुजेल र धर्मेन्द्र यादवलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।



    खत्री र पौडेल कोटेश्वरस्थित काउन्टरबाट तथा साह, भुजेल र यादव बल्खुबाट पक्राउ परेका हुन् । महाशाखाका अनुसार उपत्यका बाहिर जाने यात्रुसँग बढी भाडालिएर टिकट काटेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।



    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चाडपर्वलाई मध्यनजर गरी सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरी बढी भाडा लिनेविरुद्ध कारबाही चलाएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार