Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ९ सयको भाडामा ४ हजार असुल्ने टिकट काउन्टरका कर्मचारी पक्राउ

    ९ सयको भाडामा ४ हजार असुल्ने टिकट काउन्टरका कर्मचारी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २२ बैशाख २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना महामारील देश आक्रान्त बनेको छ । कोरोना संक्रमितको संख्या र मृतकको संख्या दिनप्रतिदिन बढिरहेकै छन् । आज मात्रै ८ हजार ६५९ जना संक्रमित थपिदा ५८ जना संक्रमितले ज्यान गुमाए । यस्तो भयावह अवस्थामा चौतर्फीरुपमा ठगी भने बढिरहेकै छन् । महामारीको यो समयमा सबैले सकेको सहयोग गर्नुपर्नेमा कमाउधन्दामा मात्र लागेका छन् ।

    सरकारले कोरोना संक्रमितको उपचारमा लाग्ने शुल्क निर्धारण गरेपनि निजी क्षेत्रका ह्याम्स, केएमसी, ग्राण्डीलगायतका अस्पतालहरुले दैनिक ५०औं हजार उठाएको समाचार बाहिर आएका छन् । कोरोना संक्रमितका लागि प्रयोग गरिने स्वास्थ्य उपकरण खरिददेखि खोप खरिदसम्म भ्रष्टाचारका समाचार पनि आएका छन् ।



    हुँदा हुँदा आफ्नो घर जाने यात्रुहरु पनि ठगीएको समाचार आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विदेशबाट फर्किएका यात्रुसँग धेरै भाडा लिने बस काउण्टरका कर्मचारीलाई नियन्त्रणमा लिएपछि यात्रु ठगीको रहस्य खुलेको हो ।



    महाशाखाले बागलुङ जाने यात्रुसँग ३ देखि ४ हजारसम्म भाडा असुल्ने बागलुङ भगवती काउण्टरका कर्मचारीलाई पक्राउ गरेको हो । महाशाखाका अनुसार बढि भाडा असुल्ने स्याङ्जा चापकोट–७ घर भएका ३० वर्षीय मिलन सारु काठमाडौंको गोंगवु बसपार्कबाट पक्राउ परेका हुन् ।

    सारुले बा४ख ४९३ नम्बरको बसमा ४ हजारसम्म भाडा लिएका थिए । यद्यपी सरकारले काठमाडौंदेखि बागलुङको नियमित भाडा ९ सय तोकेको छ । पक्राउ परेका सारुलाई कारवाहीका लाग महानगरीय प्रहरी वृत महाराजगञ्जमा पठाइएको महाशाखाले जनाएको छ । बसपनि महाराजगञ्ज नै लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार