Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • यात्रुसँग बढी भाडा लिने ८ जना ट्राफिक प्रहरीको फन्दामा

    यात्रुसँग बढी भाडा लिने ८ जना ट्राफिक प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, १६ असार २०७८
  • 4.6K
    SHARES

    काठमाडौं । ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिएको आरोपमा आठजनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा दाङका ३५ वर्षीय सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गिमबहादुर गाहा मगर, रूपन्देहीका ३६ वर्षीय दिपनारायण थापा, कपिलवस्तुका ४४ वर्षीय शिवलाल घिमिरे र मोरङका ३१ वर्षीय युवराज ढकाल छन्।



    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार उनीहरुले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने गरेका थिए। उनका अनुसार महाशाखाले यात्रुहरू ठगिन सक्ने भन्दै विभिन्न स्थानमा विशेष टोली खटाएको थियो।



    उक्त टोलीले काठमाडौंबाहिर जाने यात्रुसँग तोकिएभन्दा तेब्बर बढी भाडा लिएर ठगी गर्ने छ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको हो।

    त्यस्तै, काठमाडौंबाट उदयपुरसम्म जाने यात्रु प्रत्येकबाट ३ हजार रुपैयाँ भाडा लिएको आरोपमा कोटेश्वरबाट एकजनालाई पक्राउ गरेको हो। ट्राफिक प्रहरीका अनुसार उदयपुरका बा १६ च २१८४ नम्बरको प्राइभेट गाडी चलाउने २९ वर्षीय राकेश रसाइलीलाई पक्राउ गरेको हो।

    यसैगरी चाबहिलबाट सोलुखुम्बु जाने यात्रुसँग प्रति व्यक्ति ५ हजारसम्म भाडा असुल गरेको आरोपमा २५ वर्षीय झनकबहादुर घिमिरेलाई पनि पक्राउ गरेको छ । उनले ना १ ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

    मंगलबारदेखि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा बढी क्षमता भएका सवारीसाधन चलाउन अनुमति दिएको छ। तर, लामो दूरीका सवारीलाई अनुमति दिएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार