Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ट्राफिक प्रहरीले भन्यो – ट्राफिकलाई नागरिक एप देखाएर हुँदैन, भौतिक रुपमै लाइसेन्स चाहिन्छ

    ट्राफिक प्रहरीले भन्यो – ट्राफिकलाई नागरिक एप देखाएर हुँदैन, भौतिक रुपमै लाइसेन्स चाहिन्छ

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 3.8K
    SHARES

    काठमाडौँ । नागरिक एपमार्फत लाइसेन्स देखाएर मात्र नहुने ट्राफिक प्रहरीले स्पष्ट पारेको छ ।

    सोमबार एक सूचना जारी गर्दै ट्राफिक प्रहरी कार्यालयले लाइसेन्सको हार्डकपि नै चाहिने जानकारी गराएको हो ।



    लाइसेन्स प्राप्त हो होइन भन्ने कुराको पहिचानका लागि मात्र नागरिक एप मान्य हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यद्यपि, ट्राफिक नियम उल्लंघन र कारबाही प्रक्रियाका क्रममा भने लाइसेन्सको हार्डकपी नै चाहिने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।



    ‘हाललाई कुनै चालकले नागरिक एपमा लिंक रहेको सवारी चालक अनुमति पत्र देखाउँदा उक्त चालक लाइसेन्स प्राप्त गरेको व्यक्ति हो होइन भन्ने कुराको जानकारीको लागि मात्र मान्य हुने । तर ट्राफिक नियम उल्लंघन र कारबाही प्रक्रियाको क्रममा भौतिक रूपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने ब्यहोरा जानकारी गराइन्छ । धन्यवाद,’ सूचनामा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार