Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ, गरेका थिए नम्बर परिवर्तन !

    मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ, गरेका थिए नम्बर परिवर्तन !

    अनलाइन नेपाल
  • मंगलबार, १९ भाद्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । उनीहरूलाई मंगलबार काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित चप्पलकारखानाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी गाउँपालिका–२ का ४५ वर्षीय दीपेन्द्र तामाङ र नुवाकोटकै लिखु गाउँपालिका–२ का २८ वर्षीय सन्तोष घले रहेका छन् ।



    गत जेठ २ गते काठमाडौंको मनमैजुबाट वाग्मती प्रदेश ०२–०२७ प ७५ ८० नम्बरको र गत जेठ २९ गते काठमाडौंकै टोखा नगरपालिका–१ झोरबाट वाग्मती प्रदेश ०२–०२२ प ४४ ५४ नम्बरको मोटरसाइकल हराएको निवेदन परेको थियो ।



    मोटरसाइकल खोज्दै जाने क्रममा वास्तविक नम्बर परिवर्तन गरी प्रदेश ३–०२–००७ प ३३ ९९ नम्बर राखी चलाइरहेको अवस्थामा तामाङलाई र वाग्मती प्रदेश ०२–०१८ प ०००८ नम्बर राखी चलाइरहेको अवस्थामा घलेलाई आज पक्राउ गरिएको हो ।

    तामाङलाई प्रहरी वृत्त बालाजु र घलेलाई प्रहरी वृत्त महाराजगञ्जमा थप अनुसन्धान तथा कारबाहीका लागि पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार