Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उपत्यकामा ट्राफिक कारबाही तीव्र, २४ घण्टामा १,५२७ चालक कारबाहीमा

    उपत्यकामा ट्राफिक कारबाही तीव्र, २४ घण्टामा १,५२७ चालक कारबाहीमा

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 711
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लंघन गर्नेविरुद्ध कारबाही अभियान तीव्र बनाएको छ ।

    नियम उल्लंघन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौं उपत्यकाको तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ ।



    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा मात्रै एक हजार ५२७ जना चालकलाई कारबाही गरिएको छ ।



    उनले सोमबार बिहानदेखि आज बिहान ६ बजेसम्ममा मापसे गरेर सवारी चालाउने ७५ चालकलाई कारबाही गरिएको बताए । यस्तै लेन मिच्ने २१, रेडलाइट क्रस गर्ने १२, अनावश्यकरूपमा हर्ज बजाउने १७, नम्बरप्लेट नराखी सवारी चलाउने १५ र तीव्रगतिमा गाडी चलाउने ३२१ जना चालक कारबाहीमा परेका छन् ।

    प्रवक्ता भट्टका अनुसार अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ६६ जनासहित पछिल्लो २४ घण्टामा एक हजार ५२७ जना चालकलाई कारबाही गरेको जानकारी दिए । प्रहरीले यसरी नियम मिच्दा दुर्घटनाको जोखिम हुने भएकाले नियमसम्मतरूपमा सवारीसाधन सञ्चालन गर्न पनि अनुरोध गरेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार