Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

    ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

    बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउन सुझाव

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५०औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।



    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।



    साथै उनले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउँदै तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमताको कार्यान्वयनमा कटिवद्ध हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रबिन कार्कीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत पुस २ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ९ जना र प्रहरी जवान ३९ जना गरी कुल ५० जना प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम हासिल गरेको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार