Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यात्रुबाट बढी भाडा असुल्ने पाँचजना पक्राउ

    यात्रुबाट बढी भाडा असुल्ने पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 390
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्धारित भन्दा बढी भाडा यात्रुबाट असुल्ने ५ जनालाई शनिबार बिहान काठमाडौं बल्खुबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सुविधा काउन्टरका कामदार काभ्रेपलान्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्र सरोवर गाउँपालिका १ का २६ वर्षीय सुजन हुमागाईं र शिखरापुर काउन्टरका कामदार काठमाडौँको चन्द्रागिरि नगरपालिका ९ का ३६ वर्षीय सुनिल नगरकोटी रहेका छन् ।



    यस्तै गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका ८ का २४ वर्षीय ओजिर अन्सारी र लालीगुराँस काउन्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर ४ का २४ वर्षीय कृष्ण बहादुर योञ्जन रहेका छन् ।



    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीले आज बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएको भन्दा बढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

    पक्राउ परेका पाँचैजनालाई कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार