Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई प्रहरीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतकाे आदेश

काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले साढे १४ किलो नक्कली सुन र आधा किलो सुन प्रकरणमा पक्राउ परेका ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे छ ।

अदालतले प्रहरी जवानद्वय बहादुरसिंह कडायत र प्रकाश श्रेष्ठसहित ९ जनालाई थुनामा पठाएको हो । उनीहरू महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रहरी जवान थिए ।

मंगलबार न्यायधीश कमलप्रसाद पोखरेलको इजलासले ९ जनालाई पुर्पक्षको लागि थुनामा, दुई जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

निलेश शाखिया, उमेश श्रेष्ठ, इल्ताफ हुसेन अन्सारी र कौशल पटेललाई थुनामा पठाउन आदेश भएको हो। त्यस्तै भारतीय नागरिक देवाङ्ग पटेल, विजय पटेल, कौशल पटेललाई पनि थुनामा पठाइएको छ।

विजय तामाङ सात लाख धरौटीमा छुटेका छन् भने श्रीनिवास उपाध्याय एक लाख धरौटी बुझाएर छुटेको सूचना अधिकारी कार्कीले बताए। मनिष मल्लिक भने साधारण तारिखमा छुटेका हुन्।

यस प्रकरणमा प्रहरीले १७ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। जसमध्ये ६ जना फरार छन्। उनीहरूविरूद्ध वारेन्ट जारी गर्न आदेश भएको छ।

गत साउन १३ तस्करहरूले सुन्धारामा प्रहरी जवान द्वय कडायत र श्रेष्ठ लाई नक्कली सुन र दुई थान पेस्तोल बुझाएर फरार भएका थिए।

उक्त घटनाबारे प्रहरीले सुरूमा कमलादीमा तस्करहरूले सुन भएको झोला फ्याकेर गएको बताएको थियो। तर जवानद्वयले तस्करहरूसँग मिलेर महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डिएसपीलाई नै भ्रममा पारेको देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077