Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जाजरकोटमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

जाजरकोट । जाजरकोटकाे जुनीचाँदेमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

जुनीचाँदे गाउँपालिका–१ औलखोला नजिकै भे १ ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

साे जीप जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिका कार्यालयका लागि छुटेकाे थियाे ।

एक जनाको शव निकालिएको र बाँकी ४ जनाको शव खोलामा देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताए।

घटनाबारे यकिन विवरण नआइसकेको उनले बताए। जीप सडकदेखि करिब ५०० मिटर तल खसेको बताइएकाे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077