Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बिस किलो ८ सय ग्राम चरेससहित युवक पक्राउ

धादिङ । इलाका प्रहरी कार्यालय गजुरीले २० किलो ८ सय ग्राम चरेससहित एक जनालाई पक्राउ गरेकाे छ ।

गजुरीबाट खटिएको प्रहरी टोलीले २० किलो चरेससहित खनियाबास गाउँपालिका-२ तर्चिका रेशमबहादुर तामाङलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका सुचना अधिकारी समेत रहेका प्रहरी नीरिक्षक भोजराज पाण्डेका अनुसार गजुरी गाउँपालिका ६ आदमघाटस्थित पृथ्बी राजमार्गबाट उनी पक्राउ परेका हुन ।

प्रहरीले आदमघाट ईलाकामा लागु औषधको कारोबार हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा हरियो रंगको जेब्रा झोलामा ३ वटा पोका र साथमा भिरेको कालो झोलाबाट सो सामान बरामद गरिएको जनाएको छ ।

उनको साथबाट सामसुङ मोवाईल थान १ र नगद आठ हजार नेपाली रुपैयाँ समेत फेला परेको प्रहरी नीरिक्षक पाण्डेले जानकारी दिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077