Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

खानेपानी संस्थान बुटवलका प्रमुखसहित १३ जनाविरुद्ध मुद्दा दायर

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थानका सन्तोष साहसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार खानेपानी संस्थान शाखा कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुख साहसहित १३ जनाविरुद्ध बुधबार मुद्दा दायर गरेकाे हाे ।

रुपन्देहीका विभिन्न खानेपानी आयोजनाको ठेक्का दिँदा गैरकानुनी लाभ लिइ सरकारी स्रोतको दुरुपयोग गरेको पाइएकाले साहविरुद्ध विभिन्न चार वटा मुद्दा दायर गरिएकाे अख्तियारले जनाएकाे छ। आयोगले साहविरुद्ध कुल २२ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

आयोगले अनिता निर्माण सेवाका सञ्चालक शान्ति राना, सन्तोष साहका बाबु नारायण साह सुडीलगायत विभिन्न निर्माण व्यवसायी कम्पनी र व्यवसायीले गलत कामलाई प्रश्रय दिइ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077