Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्पले भने - म चिनियाँ भाइरसले संक्रमित भएँ, चीनले परिणाम भोग्‍नुपर्छ

वासिङ्‌टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन्  । कोरोना भाइरस संक्रमणका कारण चार दिनसम्म अस्पतालमा भर्नापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका हुन ।

अस्पतालबाट फर्केपछि, उनले आफ्नो स्वास्थ्यको बारेमा सूचित गर्दै एउटा भिडियो सन्देश जारी गरे। भिडियोमा मास्क बिना राष्ट्रपति ट्रम्प देखिएका छन् ।

उनले भने, "म चिनियाँ भाइरसले संक्रमित भएँ, यो तपाईको गल्ती होइन। यो चीनको गल्ती हो र यसको मूल्य चीनले भोग्नुपर्नेछ। चीनले यस देशलाई के गरेको छ त्यसको मूल्य तिर्नुपर्नेछ।

ट्रम्पका डाक्टरले उनीसँग २४ घण्टा भन्दा बढी कोभिडको कुनै लक्षण नदेखिएको जनाएका छन् र चार दिन भन्दा बढी ज्वरो आएको छैन।

भिडियोमा उनले भने, 'म विश्वास गर्दछु कि एक कोरोना संक्रमण ईश्वरको आशिष थियो ... एउटा गोप्य आशिष्‌। अब म ठीक छु। म चाहन्छु कि हरेक अमेरिकी नागरिकले मैले जस्तै व्यवहार गरे।'

डा. सीन कोन्लीले  राष्ट्रपतिलाई शुक्रबार अस्पताल गएदेखि  थप अक्सिजनको आवश्यकता नभएको वताए । उनलाई सोमबार अस्पतालबाट डिस्चार्ज गरियो। बिबिसी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077