Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली, प्रचण्ड र देउवाले ९ अर्ब भ्रष्टाचार गरेको भट्टराईकाे दावी, प्रमाण पेश गर्न तयार

गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले  बूढीगण्डकी जलविद्युत आयोजनामा नौ अर्ब रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेका गरेका छन् ।

जनता समाजवादी पार्टीका नेता समेत रहेका डा. भट्टराईले  प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड' मिलेर बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको दावी गरे ।

पालुङ्टार नगरपालिका-६ पौवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै डा. भट्टराईले तीन प्रधानमन्त्रीले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको बताए।

‘करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ । म प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका छन्’, भट्टराईले भने, ‘मलाई थाहा छ यो कुरा । प्रमाणित गर भन्नुभयो भने म तुरुन्त गर्न सक्छु । यो मात्र होइन, अरु दश, आठ वटा आयोजनाबाट अर्बौंअर्ब कमिशन खाएर मुखमा बुझो लाएर बसेका छन्। चिट चोरेर आठ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरुले कमिशनखोरसँगको साँठगाँठबाट मुलुक चलाएकाले अहिले यस्तो दुर्दशा भएको हो।’

प्रचण्ड धुरुधुरु रोएर बसेका छन्

डा. भट्टराईले केपी शर्मा ओलीसँगको संगतले प्रचण्ड धुरुधुरु रोएर बसिरहेको आरोप लगाए। ‘प्रचण्डजी केपी ओलीको पछि लागेर त जानु भयो तर अहिले धुरुधुरु रोएर बस्नु भएको छ’, भट्टराईले भने, ‘तपाईँहरु नपत्याउनु होला, बढि कुरा गर्‍यो नभन्नु होला।

उनले भने,' म उहाँको निवासमा गइरहेको हुन्छु । उहाँलाई के भइरहेको छ भन्ने कुरा मलाई सबै थाहा छ, किनभने प्रचण्डजीसँग अहिले पनि मेरो अत्यन्त राम्रो सम्बन्ध छ। उहाँ मसँग बिलौना गर्नुहुन्छ। प्रचण्डजी ओलीको फेला पर्नुभयो। ओलीले पछारेको पछारै छन्।’

बाहिरबाट देख्नेले बाबुराम पनि नेकपामा जाँदै छ है भनेर गलत टिप्पणी गर्ने गरेको उनले बताए। ‘ओली गणतन्त्र र संघीयताका विरोधी हुन् भन्ने थाहा थियो । कम्युनिष्ट होइनन् भन्ने पनि थाहा थियो। लौ डुबियो, बर्बाद भयो कमरेड भनेर प्रचण्डजी सँधै बिलौना गर्नुहुन्छ।’ डा. भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077