Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

सुन पसलबाट चोरी गर्दागर्दै पक्राउ

विराटनगर । मोरङको एक सुन पसलबाट चोर्न खोज्दै गर्दा एक जना पक्राउ परेका छन् ।

मोरङको उर्लाबारी नगरपालिका-७ बाट प्रहरीले शुक्रबार दिउँसो पथरीशनिश्चरे नगरपालिकाका विशाल लिम्बूलाई पक्राउ गरेको हाे ।

दिनेश शाहीले सञ्चालन गरेको पाथीभरा अस्मिता ज्वेलर्सबाट सोकेश फुटाएर सुन चोर्न खोज्दै गर्दा लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले जानकारी दिए।

उनका अनुसार तिलहरी राखिएको फुटाएर चोरी गर्ने प्रयास गरिएको पाइएको छ। लिम्बूलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

उनी लागूऔषधका सेवनकर्ता भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077