Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रेस संग्रहालय स्थापना गर्न काउन्सिल अध्यक्ष बुढाथोकीको पहल

काठमाडौं । प्रेस काउन्सिल नेपालले ‘प्रेस संग्रहालय’ स्थापनाको प्रक्रिया अघि बढाएको छ ।

सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्न र यो क्षेत्रको अध्ययन अनुसन्धानमा सघाउन संग्रहालय स्थापनाको प्रक्रिया थालिएको प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले वताएका छन् ।

बुढाथोकीका अनुसार, संग्रहालयमा रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट, टाइपराइटर, पेजर, प्रेस र प्रेससँग सम्बन्धित सामग्री, ऐतिहासिक चित्र, तस्वीरलगायतका सूचना र सञ्चारसँग सम्बन्धित सामग्री राख्ने योजना काउन्सिलको छ ।

संग्रहालयमा संग्रह गर्ने यी सामग्रीको खोजी पनि काउन्सिलले थालेको छ । यसका लागि प्रेससँग सम्बन्धित सामग्री तथा जानकारी उपलब्ध गराएर सहयोग गर्न उसले सबैमा आग्रह गरेको छ ।

सकेसम्म निःशुल्क र त्यो सम्भव नभए स–शुल्क सूचना तथा सञ्चारसँग सम्बन्धित सामग्री खरीद गर्ने नीति काउन्सिलको छ ।

‘काउन्सिल नीतिअनुसार उपलब्ध हुने सामान सम्बन्धित व्यक्ति वा संस्थाको नाम, नामेसीसहित संग्रहालयमा राख्ने गरी निःशुल्क रूपमा उपलब्ध गराउन सम्भव नभएको खण्डमा स–शुल्क खरीद गरिने व्यहोरासमेत जानकारी गराइन्छ,’ काउन्सिलले एक सूचना जारी गर्दै भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077