Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संक्रमित हुनेको संख्या ह्वात्तै बढ्दा समस्या थपिएकाे भन्दै सतर्क रहन स्वास्थ्य मन्त्रालय आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिस्चार्ज हुने दरभन्दा कोरोना संक्रमित हुने बिरामी संख्या बढेको भन्दै अप्ठ्यारो परिस्थिति आएको बताएको छ।

पछिल्लो २४ घण्टामामात्र ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् भने जम्मा १२२९ जना निको भएर घर फर्किएका छन्।

दिनदिनै सोचेभन्दा बढि संक्रमित थपिंदा अप्ठ्यारो परिस्थिति निम्त्याउने भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित प्रेस ब्रिफिङमा भने–‘संक्रमितहरूको संख्या धेरै बढेको छ। अस्पतालहरू, आइसोलेसन सेन्टरहरू झण्डै भरिएका छन्। खचाखच बिरामी बढेका छन् । यसले हामीलाई धेरै अप्ठ्यारो परिस्थितिमा पुर्‍याउँदै छ भन्ने आकलन गर्न सकिन्छ।’

मन्त्रालयले सबै स्वास्थ्य मापदण्ड पालना गर्दै सुरक्षित रहन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077