Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएलमा पन्जाबमाथि कोलकाताको जीत

काठमाडौं।  इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले  किंग्स इलाभेन पन्जाबमाथि नाटकीय जित निकालेको छ । कोलकाताले किंग्स इलाभेन पन्जाबलाई २ रनले हराएको हो ।

पन्जाबलाई अन्तिम बलमा ६ रन चाहिएकोमा ग्लेन म्याक्सवेलले चार रन मात्र बटुल्न सकेका थिए । जितका लागि १ सय ६५ रन पछ्याइरहेको पन्जाबले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ६२ रन बनायो ।

कप्तान केएल राहुलले सर्वाधिक ७४ रन बनाए । उनले ५८ बलको सामना गरेर ६ चौका प्रहार गरे । उनले ५६ रन बनाएका मयंक अग्रवालसँग पहिलो विकेटका लागि १ सय १५ रनको साझेदारी गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले कप्तान दिनेश कार्तिकको ५८ रनको योगदानमा ६ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । दिनेशले २९ बल मात्र सामना गरे र ८ चौका तथा दुई छक्का प्रहार गरे ।

शुभमन गिल र दिनेशले चौथो विकेटका लागि ८२ रनको साझेदारी गरे । इंग्लिस ब्याट्सम्यान इओन मोर्गनले २४ रन जोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077