Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनमा  थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु

चितवन। चितवनमा  थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । चितवनमा हिजो मात्रै एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको आज विहान ५ः१० बजेको समयमा मृत्यु भएको चितवन मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या भई असोज २२ गते ती महिला अस्पताल भर्ना भएकी थिइन् । उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भईरहेको समयमा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077