Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजेश, वर्षा र प्रकाशको ‘मन्जरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडाैं । नेपाली चलचित्रका महानायक राजेश हमाल अभिनित ‘मन्जरी’ काे म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अभिनेता हमालले लामो समयपछि अभिनय गरेको लोक दोहोरी भिडियोमा हमालका साथमा अभिनेत्री वर्षा सिवाकोटी र प्रकाश सपुतको पनि अभिनय रहेको छ ।

सोमबार युट्युबमा सार्वजनिक गरिएको ‘मन्जरी’ बोलको उक्त लोक दोहोरी गीतमा देवी घर्ती र प्रकाश परौलीको स्वर रहेको छ । नवराज पन्तको शब्द रचना रहेको गीतमा गायक प्रकाशकै सङ्गीत रहेको छ ।

गीत विश्वास नेपालले एरेन्ज गरेका हुन् भने एचबीएन किस्मतले मिक्सिङ गरेका हुन् । प्रकाश जिसीले निर्माण गरेको भिडियो निर्देशन देवेन्द्र बब्लुले निर्देशन गरेका हुन् ।

https://www.youtube.com/watch?v=u1uprJOyQB4

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077