Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नक्कली सुकुम्बासी आयोग खडा गरेर ठगी गर्ने ८ जना पक्राउ

कास्की । नक्कली सुकुम्बासी आयोगकाे नाममा ठगी गर्ने ८ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-५ पर्स्याङ डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका-९ सिजिङ घर भएका ३९ वर्षीय हिरा बहादुर तामाङ, पोखरा महानगरपालिका-१४ कुडहर बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-४ राफु घर भएका ३० वर्षीय रमेश कुमार परियार, सोही महानगरपालिका-१४ चाउथे बस्ने रुपन्देही सैनामैना नगरपालिका-९ बाँसगढी घर भएका ३५ वर्षीय ओम बहादुर सुनार रहेका छन् ।

यस्तै पोखरा महानगरपालिका-१३ बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका-३ एक्ले घर भएकी ३७ वर्षीया रिता विश्वकर्मा, पोखरा महानगरपालिका-१७ चोरसाघु बस्ने २२ वर्षीया सोनु परियार, पोखरा महानगरपालिका-१३ बाँझपाटन बस्ने २७ वर्षीया सिता सुनार, पोखरा महानगरपालिका-१३ मियापाटन बस्ने ५० वर्षीय हर्क बहादुर विक र सोही ठाउँ बस्ने २४ वर्षीय मौसम सदासंकर रहेका छन्।

नेपाल सरकार अव्यवस्थित सुकुम्बासी समाधान आयोग काठमाडौंका गण्डकी प्रदेश कार्यसमितिका पदाधिकारी हौँ भन्दै तीन सय रोपनी जग्गा उपलब्ध गराइदिने झुठ्ठा व्यहोरा देखाई ठगी गरेको अभियोगमा उनीहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

उनीहरुमध्ये हिरा, रमेश र ओमलाई पोखरा महानगरपालिका-१४ बाट, रिता, सिता, हर्क र मौसमलाई पोखरा महानगरपालिका-१३ बाट तथा सोनुलाई पोखरा महानगरपालिका-१७ बाट प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077