Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड गर्दै आएका नक्कली डाक्टर पक्राउ

पर्सा। विरामीहरुको चेकजाँच गरी रकम असुल्दै आएका एक नक्कली डाक्टर प्रहरीको फन्दामा परेका छन्।

गत असोज २३ गते दिउसो  बीरगंज छप्कैयास्थित  यादव अल्ट्रा साउण्ड सेन्टरमा विरामीहरुको चेकजाँच गरिरहेका ४० वर्षीया नक्कली डाक्टर नारद साह तेलीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो।

उनले डाक्टर( S. S. Yadav) को नाममा आफैंले विरामीहरुको चेकजाँच गरि औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गर्दै आएको खुलेको छ ।

पक्राउ परेका यादवलाई असोज २५ गते पर्सा जिल्ला अदालतबाट मुलुकी अपराध संहित २०७४ को परिच्छेद १९ को दफा २३० को ईलाज सम्बन्धि कसुर शिर्षकमा ७ दिन  म्याद थप गरि अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077