Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जग्गा हेर्ने बहानामा व्यबसायीमाथि लुटपाट गरी हत्या गर्ने तीन जना सार्वजनिक

काठमाडौं । महानगरिय अपराध महाशाखाले भक्तपुरका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको हत्यामा सँलग्न अभियुक्तहरुलाई पक्राउ गरेको छ।

जग्गा व्यबसायी समेत रहेका  योञ्जनलाई जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउलाई पक्राउ गर्न महाशाखाको टोली सफल भएको छ  ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ छन् । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । कामी शेर्पा मुख्य योजनाकार भएको महाशाखाका अनुसन्धान अधिकारीहरु बताउँछन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालका  योञ्जनको गत बुधबार हत्या भएको थियो । बुधबार अपरान्ह करिब ४ बजेतिर घरमा आएका उनीहरुको अनुरोधपछि योञ्जन बिक्रीमा रहेको जग्गा देखाउन डेढ किलोमिटरको दूरीमा रहेको क्षेत्रमा गएका थिए ।

योञ्जन आफ्नै घरमा  किराना र मदिरा पसल संचालन गरेर बस्दै आएका थिए। तर,जग्गा देखाउन गएका  योञ्जनलाई निर्घात कुटेर बेहोस बनाएपछि  गरगहना र मोबाइल लुटेर उनीहरु भागे ।

योञ्जनको ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको थियो ।  महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार हत्याका मुख्य योजनाकार कामी शेर्पा हुन ।

योञ्जनलाई  कुटपिट गर्ने रमेश तामाङ रहेको र प्रेम तामाङले समात्न सहयोग गरेको बयान उनीहरुले दिएका छन् ।

उनीहरुको काम नै जग्गा हेर्ने निहुँमा लुटपाट गर्ने रहेको खुलेको एसएसपी थापाले थप वताए । एसएसपी थापा भन्छन् - 'सधैं जिम जाने र हेर्दा खाइलाग्दा देखिने उनीहरुको धन्दा नै लुटपाट गर्ने रहेछ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077