Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नक्कली नागरिकता लिएका भारतीय नागरिकले यसरी गरे सुन तस्करी

काठमाडौं । नेपालीका नाममा नागरिकता लिएका भारतीय मुलका सुनिल सोनी विरुद्ध राजस्व अनुसन्धान विभागले दुई अर्ब उन्ना चालिस करोड पचपन्न लाख पन्ध्र हजार नौं सयको विगो सहितको मुद्दा दायर गरेको छ ।

रुपन्देही जिल्ला सिद्धार्थनगरपालिका वडा नं १२ मा रहेको सोनी ज्वलर्स र सोनी गोल्ड एण्ड सिल्भरका सञ्चालक भारतीय नागरिक सुनिल सोनी विरुद्ध विभागले राजस्व छलिको मुद्दा दायर गरेको हो ।

सोनीले नेपाली नागरिक सुनिलकुमार सुुनारको नाममा नागरिकता लिएर रुपन्देहीमा सुन पसल सञ्चालन गर्दै आएको विभागले जनाएको छ । सोनीले सुनचाँदी भन्सार छलि ल्याइ अर्बौ राजस्व हिनामिना गरेको आरोपमा सोमबार वुटबल तुलसीपुर उच्च अदालतमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।

सोनीले अवैध रुपमा सुन तथा चाँदी आयात तथा निर्यात गरि विक्रि वितरण गर्ने थाहा पाएपछि विभागले कारोबार स्थल र निजको बैंक खाताको विवरणबाट पत्ता लागेको विभागको भनाइ छ।

सोनीको सोनी ज्वलर्स र सोनी गोल्ड एण्ड सिल्भरले भन्सार चारीबाट २ अर्ब २३ करोड १३ लाख ३८ हजार ८ सय ७० र आयकर तर्फ १६ करोड ४१ लाख ७७ हजार ७३ रुपैयाँ राजस्व ठगी गरेको विभागले आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077