Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आफूसँग जान नमान्दा कुटपिट गरेर महिलाको हत्या गर्ने पक्राउ

काठमाडौं । आफूसँग जान नमान्ने महिलालाई कुटपिट गरी हत्या गरेको आरोपमा स्याङ्जामा एक पुरुष पक्राउ परेका छन्। सोमबार पुतलीबजार नगरपालिका ३ कालीमाटीका ४१ वर्षीय कृष्ण परियारलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो।

प्रहरीले मंगलबार बिहान पौने ७ बजे ३५ वर्षीया मनकुमारी नेपाली घाइते अवस्थामा भेटेको थियो । उपचारको लागि जिल्ला अस्पताल पुर्‍याउँदा उनलाई डाक्टरहरूले बिहान सात बजे मृत घोषणा गरेको थियो।

घटनाको अनुसन्धान गर्दा उनीमाथि आइतबार साँझ ७ बजे परियारले कुटपिट गरी फरार भएको खुलेको थियो। ती महिलालाई परियारले आफैसँग लैजान खोज्दा दुई जनाबीच झडप भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार ती महिलाका श्रीमानकाे ५ वर्षअघि नै मृत्यु भइसकेकाे थियाे।.पक्राउ परेकामाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरिसकेको छ। प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार अदालतले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनीमाथि ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077