Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • भारतीय सेनाध्यक्ष नरभाने किन आउँदैछन् नेपाल?

    भारतीय सेनाध्यक्ष नरभाने किन आउँदैछन् नेपाल?

    अनलाइन नेपाल
  • बुधबार, २८ असोज २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको तयारी थालिएको छ । सीमा विवाद र कोरोना भाइरसको महामारीका कारण रोकिएको भारतीय सेनाध्यक्ष नरभानेको नेपाल भ्रमणको तयारी थालिएको हाे।

    नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । स्राेतका अनुसार त्यसैका लागि नरभाने नेपाल आउन लागेका हुन् ।



    नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार नरभानेलाई कात्तिक महिनाभित्रै नेपाल भ्रमणमा आउने गरी औपचारिक निमन्त्रणा पठाउन लागिएको छ । भारतीय पक्षसँग अनौपचारिक संवादपछि निम्तो पठाउन लागिएको हाे।



    भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच सीमा विवाद सतहमा आएको थियो । त्यहीबीच नरभानेले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रधानसेनापति पूर्णचन्द्र थापाले भने २९ पुस २०७५ मा भ्रारत भ्रमण गरेर मानार्थ सेनापतिको सम्मान ग्रहण गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार