Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • भारतीय सेनाको जम्बो टोली किन आउँदै छ नेपाल ?

    भारतीय सेनाको जम्बो टोली किन आउँदै छ नेपाल ?

    अनलाइन नेपाल
  • आइतबार, ३१ असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौं। दुई देश बीचको सैनिक सम्बन्ध थप  बिस्तार गर्नका लागि भारतीय सेनाको रियल एडमिरल धिरेन भिगको नेतृत्वमा ३९ सदस्यीय टोली आइतबार नेपाल आउने भएको छ ।

    नेपाली सेनाका अनुसार नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सञ्चालित नेसनल डिफेन्स कोर्समा सहभागीहरू लगायतको टोलीले कार्त्तिक ६ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको  छ ।



    नेपाल भ्रमणमा आउने टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । ७ दिवसीय भ्रमणको कार्यक्रम रहेको उक्त टोलीले जंगी अड्‍डा भद्रकाली, मध्य कमाण्ड हेडक्वार्टर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्ने छन् ।



    उक्त टोलीद्वारा पशुपतिनाथ, मुक्तिनाथ मन्दिर, होटल एभरेष्ट भ्यू नाम्चे तथा चन्द्रागिरिको भ्रमणलगायत नारायणहिटी सङ्ग्रहालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

    नेपाली सेनाका अनुसार विगतमा पनि मित्रराष्ट्रमा उच्चस्तरका तालिममा सहभागी शिक्षार्थीहरूले नेपालको भ्रमण गर्ने तथा नेपाली सेनामा सञ्चालित कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थीहरू पनि मित्रराष्ट्रहरूको भ्रमण गर्ने परम्परा रही आएको छ ।

    सैनिक अधिकारीहरूको  भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने तथा दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने  विश्वास नेपाली सेनाले लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार