Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • स्वदेश फर्कियो भारतीय सेनाको भ्रमण दल

    स्वदेश फर्कियो भारतीय सेनाको भ्रमण दल

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 795
    SHARES

    काठमाडौं । भदौ १२ गतेदेखि नेपाल भ्रमणमा रहेको भारतको नेसनल डिफेन्स कोर्स (एनडीसी)– ६२ को भ्रमण दल पाँच दिने भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएको छ ।

    एयर भाइस मार्सल तेजवीर सिंहको नेतृत्वमा ३१ सदस्यीय टोली नेपाल भ्रमणमा आएको थियो । भ्रमण दौरान टोलीले प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेको थियो ।



    उक्त अवसरमा टोलीले जंगी अड्डाको भ्रमण गरी नेपाली सेनासँग सम्बन्धित विषयहरुमा आधारित प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भएको थियो ।



    साथै, भ्रमण दलका प्रमुख सिंहले प्रधानसेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा शिष्टाचार भेट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार