Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भारतीय सेनाको ३१ सदस्यीय टोली नेपाल आइपुग्यो

    भारतीय सेनाको ३१ सदस्यीय टोली नेपाल आइपुग्यो

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । भारतीय सेनाको ३१ सदस्यीय टोली पाँच दिने भ्रमणका लागि नेपाल आएको छ । भम्रणदलको नेतृत्व एयर भाइस मार्शल तेजवीर सिंहले गरेका छन्।

    नयाँ दिल्लीस्थित राष्ट्रिय रक्षा कलेजमा सञ्चालित ‘राष्ट्रिय रक्षा पाठ्यक्रम–६२’मा सहभागी शिक्षार्थीहरूसहित टोली नेपाल आएको हो ।



    उनीहरूले भदौ १६ गतेसम्म नेपाल भ्रमणका क्रममा विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकनका साथै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यतालिका छ।



    भ्रमणदलले सोमबार प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्नेछन् । सोमबार नै उनीहरूले जंगी अड्डाको भ्रमण गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार