Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रधानमन्त्री देउवा र भारतीय डिफेन्स कोर्स टोलीबीच भेटवार्ता

    प्रधानमन्त्री देउवा र भारतीय डिफेन्स कोर्स टोलीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 774
    SHARES

    काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सञ्चालित ‘डिफेन्स कोर्स–६२’ मा सहभागी शिक्षार्थीहरुको टोली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच बालुवाटारमा सोमबार शिष्टाचार भेटवार्ता भएको हो । उक्त टोली आइतबार आएको हो भने भदौ १६ मा फर्कने कार्यक्रम छ ।



    हवाई उप–मार्सल तेजवीर सिंहको नेतृत्वमा उक्त टोली आएको हो । उनीहरुले अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।



    उक्त टोली मंगलबार पोखरास्थित मध्य कमान्ड हेडक्वार्टरको भ्रमणमा जाने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार