Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • दिल्लीमा प्रधानसेनापति शर्माले पाए अहिलेसम्मकै ठूलो सम्मान, दिइयो भारतीय सेनाको मानार्थ दर्जा

    दिल्लीमा प्रधानसेनापति शर्माले पाए अहिलेसम्मकै ठूलो सम्मान, दिइयो भारतीय सेनाको मानार्थ दर्जा

    अनलाइन नेपाल
  • बुधबार, २४ कार्तिक २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । भारत भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारत सरकारले भारतीय सेनाध्यक्षको दर्जा प्रदान गरेको छ ।

    बुधबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममाबीच भारतीय राष्ट्रपति रामनाथ कोविन्दले प्रधानसेनापति शर्मालाई भारतीय सेनाध्यक्षको दर्जा प्रदान गरेका हुन्।



    भारतीय सेनाका अनुसार प्रधानसेनापति शर्माले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध बढाउन गरेको योगदान र उनको प्रशंसनीय सैन्य कौशलको अपार योगदानको सम्मानमा मानार्थ सेनाध्यक्षको र्‍यांक प्रदान गरिएको हो।



    नेपाल र भारतका सेनापतिले एकअर्काको देशमा मानार्थ सेनापतिको दर्जा ग्रहण गर्ने चलन छ। यसअघि भारतीय स्थल सेनाध्यक्ष नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गरिसकेका छन्।

    उक्त कार्यक्रममा भारतका रक्षामन्त्री राजनाथ सिंहसहित मन्त्रीहरु, दिल्लीस्थित नेपाली राजदूतावासका कुटनीतिज्ञ, भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलगायत सैन्य अधिकारीहरुको उपस्थिति रहेको थियो।

    यसअघि हिजो प्रधानसेनापति शर्मालाई भारतीय सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो।  उनी चारदिने भ्रमणका लागि मंगलबार विहान दिल्ली प्रस्थान गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार