Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रधानसेनापति शर्माद्वारा दर्ज्यानी चिह्न प्रदान

    प्रधानसेनापति शर्माद्वारा दर्ज्यानी चिह्न प्रदान

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 540
    SHARES

    काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको प्राड सेवा र प्राविधिक सेवा अन्तर्गत स्वास्थ्य समूहमा रिक्त रहेका अधिकृत पदहरूमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएकाहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

    जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमबिच प्रधान सेनापति शर्माले प्राडा उप सेनानी २ जना र प्राविधिक उप सेनानी (स्वास्थ्य समूह) ५३ जना गरी ५५ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।



    आयुक्त पद प्रदान कार्यक्रममा प्रधान सेनापतिसँगै बलाधिकृत रथी श्री अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।



    नेपाली सेनाका रथी, अधिकृतहरूका साथै नव नियुक्त अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापतिले नवनियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार