Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सांसदहरुलाई प्रधान सेनापति शर्माको जवाफ – फास्ट ट्रयाक बनाउन नियम पनि फास्ट ट्रयाकमा दिनुपर्‍यो नि !

    सांसदहरुलाई प्रधान सेनापति शर्माको जवाफ – फास्ट ट्रयाक बनाउन नियम पनि फास्ट ट्रयाकमा दिनुपर्‍यो नि !

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले कानुन संशोधन नगरे २०८३ सम्म पनि फास्ट ट्रयाक नबन्ने बताएका छन्।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधान सेनापति शर्माले यस्तो बताएका हुन् ।



    प्रधान सेनापति शर्माले काठमाडौं–तराई फास्ट ट्रयाक बनाउन हाल प्रचलित कानुनहरुले रोकेको बताए । उनले फास्ट ट्रयाक निर्माणका लागि त्यही अनुसारको कानुनी व्यवस्था हुनुपर्ने बताए ।



    प्रधान सेनापति शर्माले भने, ‘फास्ट ट्रयाक बनाउनुपर्थ्यो भने फास्ट ट्रयाकमा नियम पनि दिनुपर्थ्यो, ४ वटा रुख काट्न ९ महिना लगाइदिएको छ, कसको गल्ती, म कसैको गल्ती भन्दिन, यो हजुरहरुले बनाएको नियम हो। खै त फास्ट ट्रयाकमा नियम दिन सक्नुभएको ? काम चाहिँ फास्ट ट्र्याकमा गर्नुस् भन्ने नियम कानुन चाहिँ २०१७ सालदेखिको देखाउनुहुन्छ । यही तालले हो भने २०८३ सालसम्म पनि बन्दैन।’

    आफूले गएको वैशाखमा प्रधानमन्त्री र रक्षामन्त्रीलाई काट्नुपर्ने भनेर देखाएको रुख अहिलेसम्म काट्न नसकेको शर्माले बताए । फास्ट ट्रयाक निर्माणका लागि वन ऐनमा रहेको रुख काट्ने प्रावधानसँगै जग्गा प्राप्ति ऐन संशोधन गर्नैपर्ने उनले बताए ।

    २०८३ सालमा काठमाडौंबाट निजगढसम्म गाडी चल्ने बनाउन सकेमा पनि उपलब्धी मान्नुपर्ने सेनापति शर्माले बताए । विगतमा वातावरण संरक्षणका लागि बनाइएको कडा कानुनले अहिले विकास निर्माणमा अवरोध पुगिरहेको शर्माले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार