Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रोजगारीका लागि भन्दै युद्धग्रस्त मुलुकमा जान हुँदैन : प्रधानसेनापति शर्मा

    रोजगारीका लागि भन्दै युद्धग्रस्त मुलुकमा जान हुँदैन : प्रधानसेनापति शर्मा

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 522
    SHARES

    नवलपरासी । प्रधानसेनापति प्रभुराम शर्माले रोजगारीका लागि रुसी सेनामा भर्ती हुन जान नहुने बताएका छन् ।

    राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय हात्तिखोरमा आयोजित सिनियर डिभिजन १८ औं ब्याच एनसीसीएन तालिमको समापन समारोहमा बोल्दै cले यस्तो बताएका हुन् ।



    उनले जानीजानी युद्धग्रस्त कुनै पनि मुलुकमा जान नहुने बताउँदै रोजगारीका लागि नेपाली युवाहरूले अन्य विकल्प खोज्नु पर्ने बताए ।



    नेपाली सेना सदैव देश र जनताको हितमा अनुशासनपूर्वक प्रतिबद्ध रहेको उनले बताए। नेपाली सेनाको स्वार्थ सदैव राष्ट्रिय हितसँग जोडिएको उनले चर्चा गरे ।

    एनसीसीएनमा सहभागी विद्यार्थीहरूलाई अनुशासनपूर्वक राष्ट्र सेवामा सर्मपित हुन उनले आग्रह गरे।

    देशभरिका विभिन्न विद्यालयबाट ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई नेपाली सेनाको राष्ट्रिय सेवा दलले तालिम दिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार