Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • उपरथी पाण्डेको उमेर विवादबारे प्रधान सेनापति शर्माले भने – नेपाली सेना कसैको न्वारन गर्ने संस्था होइन

    उपरथी पाण्डेको उमेर विवादबारे प्रधान सेनापति शर्माले भने – नेपाली सेना कसैको न्वारन गर्ने संस्था होइन

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 1.4K
    SHARES

    काडमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले पछिल्लो समय सेनालाई विवादमा ल्याउने काम भएको भन्दै आक्रोशित भएका छन्।

    बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानसेनापति शर्माले सेनालाई अनावश्यक विवादमा ल्याउने काम भएको भन्दै आक्रोशित बनेका हुन् ।



    नागरिकता कीर्ते विवादपछि उपरथी ताराध्वज पाण्डेले गत कात्तिक २३ गते पदबाट राजीनामा दिएका थिए भने अर्का उपरथी अशोक सिग्देललाई मंसिर २८ गते रथीमा बढुवा गरिएको थियो।



    नेपाली सेनाबाट राजीनामा दिएका उपरथी पाण्डे र हालका रथी सिग्देलका नागरिकता विवादबारे प्रधान सेनापति शर्माले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेर प्रष्टीकरण दिएका हुन्।

    प्रधानसेनापति शर्माले सेनाप्रति भ्रम सिर्जना गरी अनावश्यक विवादमा ल्याउने काम भएको बताए। उनले ताराध्वज पाण्डेको बढुवा सिफारिसका लागि सात दिने सूचनामात्रै भएको र त्यहिबीचमा जन्ममितिको विषय उठेको प्रस्ट्याए।

    आफ्ना कर्मचारीको उमेर कागजात हेरेर उमेर निर्धारित हुने भन्दै प्रधानसेनापति शर्माले कसैको जन्ममिति तय गर्नका लागि न्वारन गर्ने निकाय सेना नभएको बताए। उमेर विवाद प्रकरणबारे सोधिएको प्रश्नमा उनले उक्त विषयमा शैक्षिक प्रमाणपत्र जाँच गर्दा सही पाइएको बताए।

    प्रधानसेनापति शर्माले उपरथी पाण्डेलाई रथी बढुवाका लागि सिफारिस गरेका थिए। तर उनको जन्ममितिमा कैफियत देखिएपछि पाण्डेले राजीनामा दिएका थिए। लगत्तै प्रधानसेनापति शर्माले अर्का उपरथी सिग्देललाई रथीमा बढुवाका लागि सिफारिस गरेका थिए।

    सिग्देलविरुद्ध समेत जन्ममितिमा कैफियत भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। तर उनको जन्ममितिमा कैफियत नभेटिएपछि सरकारले सिग्देललाई रथीमा बढुवा गरेको छ। रथी सिग्देलले आफ्नो कार्यभारसमेत सम्हालिसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार