Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतीय सेना प्रमुखको चेतावनी – चीन र पाकिस्तानलाई खतराको समय आउँदै छ

    भारतीय सेना प्रमुखको चेतावनी – चीन र पाकिस्तानलाई खतराको समय आउँदै छ

    अनलाइन नेपाल
  • शनिबार, २२ कार्तिक २०७७
  • 6K
    SHARES

    एजेन्सी। भारतीय सेना प्रमुख जनरल बिपिन रावतले चीनसँगको वास्तविक नियन्त्रण रेखा( एलएसी) मा कुनै परिवर्तन स्वीकार नगरिने वताएका छन्।

    इन्डियन एक्सप्रेसमा प्रकाशित एक प्रतिवेदनमा उनले भनेका थिए, ‘सुरक्षाको दृष्टिले चीनसँग झगडा हुने सम्भावना कम नै छ, तर सीमामा तनाव र उत्तेजनाविना सैन्य कारवाहीका कारण द्वन्द्व बढ्ने सम्भावनालाई इन्कार गर्न सकिदैन।’



    भारत र चिनियाँ सेनाका कमाण्डरहरूबीच ६ महिनाको लद्दाखमा भएको सीमा तनावलाई सुल्झाउनका लागि आठौं चरणको वार्ता शुक्रबारदेखि सुरु भएको छ।



    जनरल रावत भारतको नेशनल डिफेन्स कलेजको ६० औं वार्षिकोत्सवको अवसरमा आयोजित सेमिनारमा भाग लिएका थिए।

    उनले वास्तविक नियन्त्रण रेखामा जारी तनावका लागि ‘चीनको हर्कतलाई’दोष दिए र भने ,’भारतले वास्तविक नियन्त्रण रेखामा कुनै परिवर्तन स्वीकार गर्दैन।सीमामा यथास्थिति कायम रहनेछ।’

    भारतीय सेनाको कडा प्रतिक्रियाले लद्दाखमा चीनले आफ्नो दुस्साहसको अप्रत्याशित नतिजाहरूको सामना गरिरहेको जनरल रावतले वताए ।

    उनले भने ,’सीमामा ठूलो मात्रामा द्वन्द्व हुने सम्भावना छैन। तर, चीन र पाकिस्तानबीचको मित्रता कुनै पनि समय खतरामा पर्न सक्छ।’

    यसको व्याख्या गर्दै उनले भने ,’भारतले विभिन्न किसिमका बाह्य चुनौतीहरूको सामना गरिरहेको छ। भारतले आणविक हतियारसहित हाम्रा दुई छिमेकीहरूसँग लडाई गरिसकेको छ। दुबै अब एक अर्कासँग मिलेर काम गरिरहेका छन। यसले क्षेत्रीय अस्थिरताको जोखिम बढाएको छ, जुन हाम्रो क्षेत्रीय अखण्डता र रणनीतिक एकताका लागि खतरा हो।’

    उनले भने, ‘चीनसँगको सीमा विवाद पहिलेदेखि नै चलिरहेको छ, चीनले दक्षिण एशियामा सडक परियोजनाहरु अपनाएर आफ्नो प्रभुत्व बढाउन कोशिश गरिरहेको छ। हामीहरुसंग पनि असन्तुलित आर्थिक सम्बन्ध छ। दुई देशबीचको सम्बन्ध प्रतिस्पर्धी भयो।अब रहनेछ नै ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार