Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • के चीनले एलएसीमा आक्रमण गरे भारतलाई सहयोग गर्न रुस आउँछ ?

    के चीनले एलएसीमा आक्रमण गरे भारतलाई सहयोग गर्न रुस आउँछ ?

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.1K
    SHARES

    एजेन्सी। अमेरिकाका उप सुरक्षा सल्लाहकार दलीप सिंहले  दिल्लीमा चीनले एलएसीमा आक्रमण गरे भारतलाई बचाउन रुस नआउने बताएका छन् ।

    एक निजी टिभी च्यानलसँगको कुराकानीमा युक्रेन युद्धका कारण भारत–अमेरिका सम्बन्धमा आएको परिवर्तनसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै दलिप सिंहले यस्तो बताएका हुन् ।



    उनले भारत र अमेरिकाबीचको व्यापार साझेदारीसहित सबै क्षेत्रमा गहिरो सम्बन्ध र भविष्यका सम्भावनाहरूको बारेमा उल्लेख गरे।



    उनले भारत र अमेरिकाबीचको व्यापार साझेदारी रुस र भारतबीचको व्यापार साझेदारीभन्दा १० गुणा बढी रहेको बताए ।

    यससँगै सुरक्षाको सवालमा उनले यस क्षेत्रको अवस्था परिवर्तन भइरहेको बताए ।

    दलीप सिंहले भने, ‘सुरक्षाको सन्दर्भमा पनि समय परिवर्तन भएको छ । चीन र रुसले नो लिमिट पार्टनरशिपको घोषणा गरेका छन् । चीनले रुस आफ्नो सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार भएको बताएको छ ।

    र यस साझेदारीमा कनिष्ठ साझेदारको स्थान रुसले लिएपछि रुसमाथि चीनको दबाब बढ्नेछ। र यससँगै यो अवस्था भारतको रणनीतिक अडानका लागि प्रतिकूल हुनेछ । यदि चीनले एलएसी उल्लङ्घन गर्‍यो भने रुस भारतलाई सहयोग गर्न अगाडि आउँछ भन्ने कसैलाई लाग्छ ? मलाई त्यस्तो लाग्दैन।’ -बिबिसी हिन्दीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार