Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रुस – युक्रेन युद्धः चीनले रुसलाई आर्थिक रूपमा कत्तिको सहयोग गर्न सक्छ ?

    रुस – युक्रेन युद्धः चीनले रुसलाई आर्थिक रूपमा कत्तिको सहयोग गर्न सक्छ ?

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    एजेन्सी। रुसले युक्रेनमा आक्रमण गरेपछि उसलाई एक्लो पार्न अमेरिका, ईयू र ब्रिटेनले जस्तै प्रतिबन्धहरू लागु गर्नका निम्ति अस्ट्रेलियाले चीनलाई आग्रह गरेको छ।

    प्रधानमन्त्री स्कट मरिसनले रुसबाट थप गहुँ किन्न चीनले गरेको हालैको सम्झौताको आलोचना गरेका छन्।



    उनले त्यसले रुसलाई आर्थिक जीवन दिने बताए।



    त्यसो भए चीनले रुसलाई आर्थिक रूपमा कत्तिको सहयोग गर्न सक्छ त? तर केही रुसी ब्याङ्कहरूलाई स्विफ्ट अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट प्रतिबन्धित गरिएको छ। यो विश्वभरि वित्तीय भुक्तानीका लागि लागि प्रयोग गरिन्छ।

    प्रतिबन्धले निर्यातका लागि भुक्तानी गर्न अझ गाह्रो हुने सम्भावना छ। व्यापारीहरूले वित्तीय व्यवस्थापन गर्न सङ्घर्ष गर्नु परेपछि चीनले हालै रुसबाट गर्ने आफ्ना केही खरिदलाई कटौती गर्नुपरेको छ।

    पछिल्ला वर्षहरूमा दुवै देशले स्विफ्टजस्ता डलरमा आधारित प्रणालीमा उनीहरूको निर्भरतालाई न्यून गर्न आफ्नै वैकल्पिक भुक्तानी प्रणालीहरू विकास गर्ने प्रयास गरिरहेका छन्।

    रुससँग वित्तीय सन्देशहरू पठाउने प्रणाली (एसटीएफएम) छ भने चीनसँग अन्तरसीमा अन्तरब्याङ्क भुक्तानी प्रणाली (सीआईपीएस) छ। ती दुवै प्रणाली आफ्नै मुद्रामा सञ्चालन हुन्छन्।

    कार्नजी मस्को सेन्टरले प्रकाशित गरेको एउटा अध्ययनले ती भुक्तानी प्रणालीहरू स्विफ्टको विकल्प नभएको भन्ने तर्क गरेको छ।

    एउटा विश्लेषण अनुसार रुस र चीनबीच सहमति भएको नयाँ पाइपलाइन द पावर अफ साइबेरिया टूमार्फत् हुने आपूर्ति नोर्ड स्ट्रीम टू पाइपलाइनबाट हुने आपूर्ति क्षमताको पाँच भागको एक भाग मात्र हुनेछ।

    साइबेरियाबाट नयाँ ग्यास पाइपलाइन कहिले स्ट्रीममा पुग्छ भन्ने पनि स्पष्ट छैन।

    तर चीनले हरितगृह ग्यास कटौती गर्ने लक्ष्य पूरा गर्न कोइलामा आफ्नो निर्भरता कम गर्न प्रयासका लागि रूसी ग्यासको आयातलाई अझ बढाउन सक्छ। -बिबिसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार